नेपाल र यूएईबीच एकदिवसीय शृङ्खला हुँदै, सबै खेल कीर्तिपुर मैदानमा



काठमाडौं। नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुने तालिका छ । यस्तै दासो खेल नोभेम्बर १६ मा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १८ मा हुने क्यानले जनाएको छ । सबै खेल बिहान ९ बजेपछि सुरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्