
काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
सोमबार बजार परिसूचक नेप्से १६.३९ अंक (०.८८ प्रतिशत) ले वृद्धि भएर १८७४.८७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ ४.९३ अंकले वृद्धि भएर ३७०.८६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै विकास बैंक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणमा केही बैंकको नाफामा उल्लेख्य वृद्धि भएसँगै सेयर मूल्य पनि बढेको छ ।





