जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजियो : विष्णुप्रसाद पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा भ्रम नछर्न आग्रह गरेका छन् । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको उल्लेख गरे ।

बुटवल–११ युद्धनगरमा आज तिनाउ–दानव करिडोरबारे छलफल गर्दै रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार पौडेलले स्थानीयको उचित व्यवस्थापनपछि मात्रै काम अघि बढ्ने स्पष्ट पारे । करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उनले विकासका नाममा कसैले पनि घरबारविहीन हुनु नपर्ने बताए ।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको बताए । उक्त बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्