बेहाल बनेको आफ्नै नामको क्रिकेट मैदान देखेर स्वर्गबाट गगन थापालाई सराप्दै होलान् सुवर्ण शमशेर



काठमाडौं । स्वर्ग र नर्कको विषय पृथ्वीलोकमा गरेको सुकर्म र दुष्कर्मको आधारमा नै व्याख्या गरिन्छ। स्वर्ग र नर्क न कोहि पुगेर आए, न पुग्नेवाला नै छन्। हुनत पृथ्वीलोक मनुष्यलाई सत्कर्ममा हिडाउनको लागि हाम्रा पुर्खाले निकालेको बुद्धि हुनुपर्छ -स्वर्ग र नर्क।

खैर जे भएपनि पृथ्वी लोकमा राम्रो काम गरेकै आधारमा सुवर्ण शमशेर जंग बहादुर राणालाई मैले स्वर्गको स्थान दिएको हुँ। हिन्दू संस्कृतिमा विस्वास गर्ने मेरो लागि गगन थापाले बोलेका झुट र बनावटी कुरा प्रतिको धारणाले नै उनीप्रतिको आशंका उब्जिएको हो।

निर्माणाधीन शुवर्ण शमशेर अन्तर्राष्ट्रिय क्रिकेट मैदान बूढानीलकण्ठ–१३ गाम्चामा पर्छ । ९५ रोपनी क्षेत्रफलमा बनाईने भनिएको क्रिकेट मैदानको उद्घाटन नेपाली काँग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री सुशील कोईरालाले ७ वर्ष अघि गरेका थिए ।

आफ्नै पार्टी सभापतिले उद्घाटन गरेको आफ्नै पार्टीका संस्थापक नेताको स्मृतिमा बन्ने खेलमैदान, जसको हर्ताकर्ता समेत काँग्रेसका स्थानीय नेताहरु छन् । काँग्रेस कार्यकर्ताको आस्था जोडिने खेलमैदान बनाउन काँग्रेसमा महामन्त्री समेत बनेका गगन थापाले गरेको वेवास्ता प्रति स्वर्गबाटै सुवर्ण शमशेर सराप्दै होलान्,” विपक्षी पार्टीका नेताको पहलमा बनेका अर्वाैका योजनाहरुमा आफ्नो स्वामित्व लिनु भन्दा तेरो पार्टीको स्थापना गर्ने मेरो नामको एउटा मैदान त बनाएर देखा गगन। राणाको छोरा भनेर हेपेको होलास्, चुनिखेलका स्थानीय काँग्रेस मात्र होईन। जनताको छोरा शुशिल कोईरालाले समेत उद्घाटन गरेको बिर्सिस ?”

स्वर्गबाट आफ्नै पार्टीका संस्थापक नेताको सराप लागेर पराजय हुने निश्चित बनेका गगन थापालाई शान्ति दिन भनेपनि क्रिकेट मैदान निर्माणको नेतृत्व नेकपा एमालेका डा. राजन भट्टराई, एमालेका भावी प्रदेश सांसद जयराम थापा सहित एमालेबाट निर्वाचित स्थानीय सरकारले लिनुपर्छ।

यो पनि पढ्नुहोस्

गगन थापालाई गिज्याईरहेको निर्माणाधीन शुवर्ण शमशेर स्मृति खेल मैदान

प्रतिक्रिया दिनुहोस्