सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यलयका तर्फबाट न्यायधिवक्ता लक्षमण उपाध्यायले लामिछानेविरुद्ध नाबालिग बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेको बताएका छन् ।

उपाध्यायका अनुसार अनुसन्धानपछि, सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२)को कसुरको अभियोग लगाइएको हो ।

“कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ,” भनिएको छ ।

सन्दिपलाई दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखी १२ वर्षसम्मको कैद माग गरिएको छ भने पीडितलाई उचित क्षेतिपूर्ति दिलाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्