
काठमाडौं । आज नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज ९३ हजार रुपैयाँमा स्थिर छ । आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको छ । हिजो पनि चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो ।





