घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजार आज सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प नि घटेको छ ।

गत कात्तिक ७ गतेको तुलनामा आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदी पनि आज घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर एक हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्