दक्षिण कोरियाको सउलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु



एजेन्सी । दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइते भएका छन्।

कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हालुविन इभ मनाउन दिइएको थियो।

सउलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ। बार र क्लबहरू भएको उक्त क्षेत्रमा शनिबार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबिसीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्