बैदेशिक रोजगारीबाट फर्केकाहरुको लागि एक दिने उद्यम परामर्श तथा अभिमुखीकरण कार्यक्रम हुँदै



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आयोजना तथा राष्ट्रिय युवा परिषद्को समन्वयमा बैदेशिक रोजगारीबाट फर्केकाहरुको लागि एक दिने उद्यम परामर्श तथा अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय युवा परिषद्द्वारा गठित बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजालको माग अनुसार आगामी कात्तिक २० गते नेपाल उद्योग वाणिज्य महासंघको सभाहल, टेकुमा उद्यम परामर्श लगायत अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्न लागिएको हो ।

संजालका अध्यक्ष सुवास ढकालका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गर्न सरकारले दिने सरल कर्जा कार्यान्वयन, वैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलन गरी स्वदेशमै लगानी गर्ने वातावरणको सुनिश्चितता र ७७ वटै जिल्लामा सञ्जाल गठन लगायत वैदेशिक रोजगारीको क्रममा युवाहरुले भोगेका तीतामिठा अनुभव, सीप, ज्ञान र क्षमताको विषयमा अन्तरक्रिया र अभिमुखीकण गरिनेछ ।

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जालको अध्यक्षमा सुवास ढकाल निर्विरोध चयन

रिटर्नी युवा संजाल नेपालले साउन २१ गते प्रशिक्षणमूलक कार्यक्रम संचालन गर्ने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको परिसंवाद हुँदै

बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न (फोटो फिचर)

विदेशबाट फर्केका युवाहरुको सञ्जालद्वारा डा. द्वारिका उप्रेतीलाई बधाई तथा शुभकामना ज्ञापन

प्रतिक्रिया दिनुहोस्