राष्ट्रदेव पशुपतिनाथ र नेपालको कानून नमान्ने तपाई गगन थापा खासमा कसको आदेश मान्नु हुन्छ ?



काठमाडौं । तपाई २ पटक निर्वाचित काठमाडौं –४ को सांसद हो भन्न मलाई कुनै हिनताबोध छैन । तर समानुपातिक समेत जोड्दा काठमाडौं ४ मा १५ वर्षको अवधिमा तपाईले गरेको विकासको कुनै प्रमाण छ ? आफूले गर्न सकिन मैले एमालेका अध्यक्षलाई गाली गरेँ, सरकार ढाल्न भूमिका खेले भन्नुस्, त्यो स्वीकार्न सकिएला । अझ तपाई त जस्तोपनि सामग्री बिक्रि गर्ने क्षमताको नेताले सांसदको काम नीति बनाउने हो, मैले त्यहि गरे भन्नुस् न ?

दुःखको कुरा सांसद विकास कोषबाट समेत विनियोजन नगरेको बजेट केपी ओलीको सरकार हुँदा तपाईले कसरी ल्याउनुभयो ? आफ्नो निर्वाचन क्षेत्रमा विकासको सिन्को नभाच्ने अलि निर्वाचनको मुखमा डा. राजन भट्टराईको पहलमा गरेका काम मैले गरेँ भनी सामाजिक संजालमा दैनिक जसो भट्याउन लाज लाग्दैन ? झुटलाई हजारौं पटक भनिरह्यो भने जनताले सत्य मान्छन् भन्ने पुरानो सिद्धान्त आजको युगमा पाच्य होला त नेता ज्यू ?

केहि वर्ष अगाडि आफ्नै निर्वाचन क्षेत्रमा रहेको राष्ट्रदेव पशुपतिनाथ नमान्ने अभिव्यक्ति दिनुभएको तपाईले आफ्नो कर्तुत छोप्न पछिल्ला दिनहरुमा तपाईले गरेको नाटक प्रष्ट देखिन्छ । तर तपाईको बोली र व्यवहारलाई नजिकबाट नियालेका नागरिकले पशुपतिनाथ परिसरमा भएको यज्ञमा प्रमुख अतिथि बन्न लाग्दा घटाएको घट्ना त दिमाखमा ताजै होला नि हैन र ? 

तपाईं आफू काम गर्नुहुन्न । निर्वाचनको समयमा डा. राजन भट्टराईले गरेको कामको जस लिन खोज्दा सचेत नागरिकले के भन्छन् भन्ने पनि लाग्दैन र ? तपाई राष्ट्रदेव पशुपतिनाथ मान्नुहुन्न त्यो तपाईको व्यक्तिगत स्वतन्त्रता हो । तर चुनावको बेला आफूलाई हिन्दुधर्मको अभियन्ता जस्तो देखाउँदा भित्र भित्रै त लाज लाग्ला नि ?

नेपालकै नेता भएर देशको संविधान मातहातमा चलेको निर्वाचन आयोग मान्दिन भन्न मिल्छ र हजुर ? सूचना र प्रविधिको यो दुनियाँमा कम्तिमा लोकलाजको लागि भएपनि निर्वाचन कानुनको खिल्ली त उडाउनु भएन नि ? करिव २ महिनादेखि माननीय ज्यूले टोलटोलमा आयोजना गरेका रात्रीभोजहरु, विकास गर्न भन्दा पनि टोल विकास संस्थालाई चुनावमा परिचालन गर्न छुट्याएका बजेटहरु थाहा पाउने हो भने निर्वाचन आयोगले अहिलेसम्म ७ पटक चिठ्ठी काट्थ्यो होला ?

फेरिपनि तपाईले निर्वाचन आचार संहिता उल्लंघन गरेको बारेमा लेख्नु नपरोस् । झुटको खेती बन्द गर्नुहोस् । निर्वाचनलाई सौहार्दपूर्ण बनाउन आफ्नो भूमिका निर्वाह गर्नुहोस् । भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरुन ।

यो पनि पढ्नुहोस्

गगन थापालाई अर्को झड्का “नेता गगन थापाले पटक-पटक फोन गर्दा समेत वासुदेव दाईले फोन उठाउनु भएन”

निर्वाचन आचार संहिता उलंघन गरेपछि काँग्रेस उम्मेद्वार गगन थापा विरुद्ध उजुरी दर्ता

काठमाडौं क्षेत्र नं. ४ मा आक्रामक बन्दै एमाले, रक्षात्मक बन्दै गठबन्धन

प्रतिक्रिया दिनुहोस्