नेपाल सम्बत ११४३ तथा न्युदया भिन्तुनाका विभिन्न कार्यक्रममा डा. राजन भट्टराईको सहभागीता (फोटो फिचर)



नेकपा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौँ-४ बाट संघीय सांसदका उम्मेदवार डा. राजन भट्टराईले न्युदया भिन्तुनाको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागीता जनाएका छन्।

डा. भट्टराई नेपाल संवत ११४३ को अवसरमा कामपा-८ स्थित जयबागेश्वरीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए साथमा नेकपा एमाले प्रदेश सभा ४ (१) का उम्मेद्वार तेज प्रसाद ढकालको सहभागीता रहेको थियो।

त्यसैगरी नेपाल संवत ११४३ कै अवसर मैतीदेवीमा आयोजित र्यालीको समुद्घाटन नेकपा एमालेका नेता डा. राजन भट्टराई र काँग्रेस नेता गगन थापाले संयुक्त रुपमा गरेका थिए । र्याली तथा कार्यक्रममा सहभागी डा. राजन भट्टराईले आफूलाई कार्यक्रममा निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरेका थिए।

डा. भट्टराई सहभागी सबै कार्यक्रममा एमाले जिल्ला कमिटीका उपसचिव तथा प्रदेश सभा ४ (१) का उम्मेद्वार तेज प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्