मतदातालाई अवान्छित प्रलोभनमा पार्ने काम नहोस् : प्रमुख आयुक्त थपलिया



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चाडपर्वको मौकामा मतदातालाई अवान्छित प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् । सोमबार तिहार र छठको शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

‘चाडपर्वको मौका पारेर निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदाताहरुलाई अवान्छित रुपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न म सम्बन्धित सम्पूर्ण राजनीतिक दल, उम्मेवार र सबै मतदाताहरुमा हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्