काठमाडौं क्षेत्र नं. ४ मा डा. राजन भट्टराई र गगन थापाबिच कडा प्रतिस्पर्धा हुँदै



काठमाडौं । काठमाडौं क्षेत्र न ४ लाई बिशेष तरिकाले हेर्ने गरिएको छ ।  दुई–दुई पल्ट प्रत्यक्ष चुनाव जितेका काँग्रेसको युवा नेता गगन थापा र नेकपा एमाले स्थाई कमिटिका सदस्य तथा विदेश बिभाग प्रमुख डा. राजन भट्टराईबीच कडा टक्कर हुने देखिएको छ ।

दुवै पक्षले मतदातालाई आफ्नो पक्षमा पार्ने अनेक किसिमका कार्यक्रमहरु प्रस्तुत गरिरहेका छन् । गगन थापा आफू भबिष्यको प्रधानमन्त्री हुने भएकाले आफूलाई भोट दिन आव्हान गर्दैछन् भने भट्टराई आफूले बिगत पाँच बर्षमा यस क्षेत्रका लागि पूरा गरेका योजनाहरु र आफ्नो पहलमा भएका कामहरु सार्वजनिक गर्दैछन् ।

कमलपोखरी बनाएको बिषय भने अलि फरक देखिएको छ ।  दुवै पक्षले आफ्नो पहलको दावा प्रस्तुत गरिरहदा भट्टराईले भने गगन थापाले कमलपोखरी पुनर्निर्माण रोक्न गगन थापाले महानगरलाई पठाएको पत्र नै सार्वजनिक गरिदिएका छन् । 

यी दुइको प्रतिस्पर्धा यही टुंगिएको छैन यो बाहेक दुवै पक्षले आ–आफ्नो चुनावी गीत नै बनाएका छन् । थापाले २०१३ मै युवाहरुलाई लक्षित गर्दै र्याप गीत ‘भोट फर गगन’ गिरिशको स्वरमा सार्वजनिक गरेका थिए भने राजन भट्टराईले पनि युवा लक्षित गीत ‘भोट फर राजन भट्टराई’ अमृतराज वैद्य र दिपेश वैद्यको आवाजमा सार्वजनिक गरेका छन् ।

अमृतराज वैद्य र दिपेश वैद्यको शब्द, संगीत, लेखन रहेको गीतको एरेन्ज एनडीवाई रे ले गरेका हुन् भने मिक्सिङ मास्टरिङ अशोक महर्जनले गरेका हुन् । यी दुवै पक्षको क्षेत्र नं. ४ मा कडा प्रतिस्पर्धा हुने पक्कापक्की छ । २०७४ को चुनावमा करिब ३२०० मतले पछि परेका राजन कपनको बिकास तथा जनतासँग निक्कै नजिक छन् भने गगन थापा ७४ को चुनावपछि कपनमा निक्कै कम सक्रिय रहेका छन् । यसका अलावा गगन थापाको महानगरतर्फ भने निक्कै ठुलो आकर्षण र समर्थक छ ।

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराईको चुनावी गीत ‘भोट फर राजन भट्टराई’ सार्वजनिक (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्