गगन थापालाई अर्को झड्का “नेता गगन थापाले पटक-पटक फोन गर्दा समेत वासुदेव दाईले फोन उठाउनु भएन”



काठमाडौं । अघिल्ला दुई निर्वाचनमा पेशागत र बौद्धिक क्षेत्र मार्फत गगन थापाको निर्वाचन सारथी बनेका काँग्रेस नेता बासुदेव गौतम यसपटक पार्टीको महामन्त्री समेत रहेका गगन थापाले पटक-पटक फोन गरेर भेट्न खोज्दा पनि ईग्नोर गरिरहेका छन्।

” हाम्रो नेता गगन थापा र हामीले पटक-पटक फोन गर्दा पनि वासुदेव दाईले फोन उठाउनु भएको छैन। उहाँसँग बसेर गगन दाईले डिनर गर्न चाहानु भएको थियो, त्यो सम्भव नै भएको छैन। नेता गगनले वासुदेव दाईसँग भेट्न र छलफल गर्न निकै प्रयास गर्दा समेत सम्पर्कमा आउन चाहानु भएको छैन। सायद तिहारपछि उहाँहरु बीच भेटघाट हुन्छ होला।” काँग्रेसको श्रोतले भन्यो।

कसरी शुरु भएको गौतम र थापाबीच खटपट्टी ?
प्रादेशिक र संघीय निर्वाचनको उम्मेद्वार मनोनयन अगाडि वासुदेव गौतमले गगन थापासँग बसेर छलफल गरी राजनीतिक र रणनिति योजना बनाउँदै राष्ट्रिय रुपमा आफ्नो भूमिका समेत खोज्ने गौतमको चाहाना थियो। त्यसको लागि गौतमले पटक-पटक गगन थापालाई फोन गरे। म्यासेज पठाए तर गगन थापाबाट कुनै किसिमको जवाफ आएन। राष्ट्रिय एकताको लागि आलंकारिक राजा सहित नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने गौतमको ईच्छा बुझेरै थापाले आफ्नो फोन र म्यासेज नफ़र्काएको उनकै सचिवालयको बुझाई छ। वडागत र टोलगत छलफलपछि यस निर्वाचनमा जित्ने आधार नदेखेका गगन थापालाई मतदान गर्ने दिन नजिकिंदै जाँदा गौतमको आवश्यकता पर्यो तर यतिबेलासम्म बागमतीमा निकै पानी बगिसकेको थियो।

को हुन् वासुदेव गौतम ?
काठमाण्डौमै जन्मिएर लामो समयदेखि बूढानीलकण्ठ–९ मा बसोबास गरिरहेका वासुदेव गौतम काँग्रेसका सिद्दान्तनिष्ठ कार्यकर्ता हुन्। पुस्तौँदेखि काँग्रेसमा समर्पित गौतम सत्यनिष्ठ, राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिका जानकार हुन्। खेल क्षेत्रमा सक्रिय गौतम साँस्कृतिक र धार्मिक अभियन्ता समेत हुन्। समाजसेवामा सक्रिय गौतम निजि क्षेत्रमार्फत राष्ट्र निर्माणमा योगदानको पुर्याएका व्यक्ति समेत हुन्।

पश्चिमा संस्कृतिको प्रभावले सनातन हिन्दू धर्म र संस्कृतिमा पारेको नकारात्मक प्रभावबाट चिन्तित गौतम पछिल्ला दिनहरुमा गगन थापा पश्चिमाहरुको गोटी बनेको बुझाईमा छन्। हिन्दू धर्म संस्कृतिप्रति गगन थापाको गरेको वेवास्तालाई नजिकबाट बुझेका गौतमले गगन थापाप्रति आफ्नो धारणा बदलेको बुझिन्छ। काँग्रेसका संस्थापक नेता विपि कोईराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोईरालासम्मको पारिवारिक सम्बन्ध रहेका उनी अहिले डा. सशांक कोइरालाको निकटस्थ व्यक्ति हुन्। तर काँग्रेसले हिन्दू राष्ट्रको मुद्दा छोडेकोमा भने उनी निकै दु:खी देखिन्छन्।

काठमाडौं ४ वासुदेव गौतमको प्रभाव कस्तो छ त ?
व्यवसायिक जीवन समेत सफल गौतमले नेपाल उधोग वाणिज्य महांसघको निर्वाचनमा चन्द्रप्रसाद ढकाललाई वरिष्ठ उपाध्यक्ष बनाउन समेत निर्णायक भूमिका खेलेका थिए। नेपाली काँग्रेसको आदर्शमा जीवन समर्पित गरेका उनी गत निर्वाचनहरुमा गगन थापालाई जिताउन बौद्धिक तथा पेशागत सल्लाहकार समितिको महासचिव भएर योगदान पुर्याएका व्यक्ति हुन्। विगत १० वर्षदेखि गगन थापाको चुनावी अभियानमा पेशागत, बौद्धिक र स्थानीय कार्यकर्ता परिचालन गरेका उनी हजारौँ कार्यकर्ता बीच नियमित सम्पर्कमा रहने काँग्रेसका नेता समेत हुन्।

काठमाडौं-४ बाटै संघीय सांसदमा दावी गरेका उनी राम्रा योजनाकार र तथ्याङ्कमा खेल्ने व्यक्ति समेत हुन्। सिद्दान्तनिष्ठा राजनीतिको कारण बौद्धिक र पेशागत समुदायमा स्थापित गौतम व्यक्तिगत र साथी समूह मार्फत कम्तिमा चार हजार बढी मतदातालाई प्रभाव पार्न सक्ने क्षमता राख्छन्। दुई निर्वाचनहरुमा गगन थापाकै सारथी बनेका उनी गगन पराजयका कारण बन्ने देखिन्छ।

काठमाडौंको बसन्तपुर गद्दी बैठक नजिक जन्मिएर नेपाली काँग्रेसको राजनीतिमा जोडिएका गौतम र उनको टिम अहिले काठमाडौं-५ का काँग्रेस उम्मेद्वार तथा युवा नेता प्रदिप पौडेललाई जिताउने अभियानमा सक्रिय रहेका छन्।

प्रतिक्रिया दिनुहोस्