देशको रक्षा गर्नु सबैको दायित्व : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको रक्षा गर्नु सबैको दायित्व भएको बताएका छन् ।

आइतबार दिउँसो धनगढीमा आयोजित ५ दलीय सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

विस्तृत सम्झौतामा तत्कालीन माओवादी र सात दलका तर्फबाट गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरे पनि त्यसबेलाको एमालेका नेता माधवकुमार नेपालले सहयोग गरेको उनले बताए।

पछिल्ला सबै उपलब्धीको रक्षा गर्न गठबन्धनलाई जिताउनुपर्ने र त्यसपछि मात्रै अहिलेको जिम्मेवारी पूरा गर्न सकिने उनको दाबी छ।

‘जतिबेला नेपाली कांग्रेस र वामपन्थी मिलेर अगाडि बढे, ठूल्ठूला उपलब्धी हासिल भएका छन्, कांग्रेसका गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेपछि नयाँ युगको सुरूआत भएको हो, यसको रक्षा गर्नु तपाईं हामी सबैको दायित्व हो,’ उनले भने।

राजनीतिक इतिहासमा ७ सालदेखि अहिलेसम्म पार्टीहरूले र जनताले त्याग, ठूला आन्दोलन, बलिदान गरेर परिवर्तन ल्याउने तर त्यसलाई दीगो बनाउन नसक्नुको चुरो कारण आर्थिक परिवर्तन र सुशासन गर्न नसकिनु उनले बताए।

प्रतिक्रिया दिनुहोस्