१४ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.३५ अंक (०.७८ प्रतिशत)ले वृद्धि भएर १८५८.४९ अंकमा बन्द भएको हो ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्