गठबन्धनका शीर्ष नेताहरु वीरेन्द्रनगरमा



काठमाडौं । गठबन्धन शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइपुगेका छन् ।

लोकतान्त्रिक वाम–गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरु वीरेन्द्रनगरमा पुगेका हुन् ।

सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनीहरु वीरेन्द्रनगर आइपुगेका हुन् । भेला वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्