चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो पटक निर्वाचित



एजेन्सी । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो ।

एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन् ।

सी जिनपिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्