निर्वाचन आचार संहिता उलंघन गरेपछि काँग्रेस उम्मेद्वार गगन थापा विरुद्ध उजुरी दर्ता



निर्वाचन आचारसंहिताको उलंघन गर्दै काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने अपिल सामाजिक संजालमा गएराती जारी गरे सँगै निर्वाचन आचारसंहिताको उलंघन गर्दा मुख्य निर्वाचन कार्यालय बानेश्वरमा मुद्दा दर्ता भएको छ।

झुटको राजनीतिको कारण आफू विरुद्ध रहेको जनमतलाई प्रभावित गर्न गठबन्धनका नेताहरु अन्तिम अस्त्रको रुपमा आर्थिक प्रलोभन देखाउन थालेका छन्।  यस अघि देउवा पत्नी आरजु राणाले डढेलधुरामा आफ्नो पार्टीलाई जिताए बढी बजेट पार्ने आश्वासन दिएकी थिईन भने नेकपा समाजवादीका नेता माधवकुमार नेपालले फ्री टिकट, फ्री भिषा उपलब्ध गराउने आश्वासन दिएपछि निर्वाचन आयोगले कारवाहीको लागि प्रहरीलाई पत्राचार गरेको थियो।

काठमाडौं क्षेत्र नं. ४ बाट काँग्रेस उम्मेद्वार रहेका गगन थापाले गएराती व्यक्तिगत सामाजिक संजालमा लेखेका छन्,” फेरी पनि काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति नि:शुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ । साथै डेंगीको विरामी भइ घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ । तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर 9860340587 मा आफ्नो नाम, ठेगाना, सम्पर्क नं. SMS गर्नु हुन अनुरोध छ।”

यो पनि पढ्नुहोस्

काठमाडौं क्षेत्र नं. ४ मा आक्रामक बन्दै एमाले, रक्षात्मक बन्दै गठबन्धन

प्रतिक्रिया दिनुहोस्