मंसिर ४ को चुनाव दुई गठबन्धनबीचको ब्याटल : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ४ को चुनाव देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले दुईवटा गठबन्धनबीच ब्याटल हुने र त्यसको ब्याटल आफूहरुले जित्नुपर्ने बताए ।

चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ ।’

प्रतिक्रिया दिनुहोस्