अब एक महिना सबै नेता कार्यकर्ता जागा रहौं : आनन्द पोखरेल



दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले एमालेमा पुस्तान्तरण भइरहेको बताएका छन् ।

एमाले बैत्यश्वर गाउँपालिका कमिटीद्वारा आयोजित कार्यक्रममा पोखरेलले एमालेमा क्रमशः पुस्तान्तरण भइरहेको र यसको उदाहरण यही निर्वाचन पनि भएको बताउँदै अब एक महिना सबै नेता कार्यकर्ता सुतेर बस्ने बेला नभएको बताए ।

कार्यकर्ता, उम्मेदवार र मतदाता भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले एमालेको सरकारले देश समृद्ध बनाउन उल्लेख्य कार्य गरेको बताउँदै एमालेले समृद्ध देश निर्माणका लागि योजना निर्माण र तयारी गरेकाले यो अवसर एमालेलाई नै दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्