समाजसेवी रघु थापाको संयोजन र माओबादी केन्द्रका नेता बिनोद धिमालको नेतृत्वमा १११ स्थानीय नेकपा एमालेमा प्रवेश



काठमाडौं । समाजसेवी रघु थापाको संयोजन र नेकपा माओवादी केन्द्रका नेता बिनोद धिमालको नेतृत्वमा बूढानीलकण्ठ नगरपालिकामा स्थायी बसोबास गर्ने १११ स्थानीय नेकपा एमालेमा प्रवेशमा गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेकपा एमाले काठमाडौँ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. राजन भट्टराई तथा काठमाडौं क्षेत्र नम्बर ४ (२) प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाले विभिन्न पार्टीप्रति आस्था राख्ने नेता तथा कार्यकर्ताहरुलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेता भट्टराई र थापाले पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपा एमालेमा उचित जिम्मेवारी दिने बताएका थिए ।

नेकपा एमालेका नेता बिदुर बिक्रम खड्काको अध्यक्षता बूनपा १० का पार्टी अध्यक्ष जगत निरौलाको स्वागत र बूनपा ११ का पार्टी अध्यक्ष कृष्ण भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाली माइकल ज्याक्सन भनेर चिनिने टिकटक स्टार रेवत सापकोटाले बिभिन्न प्रस्तुति दिएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मुरारी भण्डारी नेकपा एमालेमा प्रवेश

प्रतिक्रिया दिनुहोस्