नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मुरारी भण्डारी नेकपा एमालेमा प्रवेश



काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा सहकारी विभागका सचिव मुरारी भण्डारी नेकपा एमाले प्रवेस गरेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ निवासी भण्डारी काठमाडौं क्षेत्र नंं. ४ मा प्रभावशाली माओवादी नेताका रुपमा परिचित छन् ।

शिक्षासेवी एवम् समाजसेवीका रुपमा परिचित नेता भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका छन् । नेकपाकालिन अवस्थामा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका कमिटी सचिव समेत रहेका भण्डारी सामाजिक संघसंस्था र शिक्षा क्षेत्रमा सक्रिय रहँदै आईरहेका छन् ।

निवर्तमान प्रधानमन्त्री ओली निवास बालकोटमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, नेतृ सीता ढकाल, काठमाडौं क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका सह–संयोजक केदारराज पुडासैनी, सदस्य चित्र दाहाल, कुमार कसजु ,बुद्धिजीवी शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्