
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा एक अंकको सामान्य गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १.३८ अंकले गिरावट भएर १८४४.१४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स भने ०.०९ अंकले वृद्धि भएर ३६३.०५ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य गिरावट हुँदा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । लगानीयोग्य स्रोत अभाव र बढ्दो ब्याजदरले गर्दा बजारमा लगानीकर्ता निष्किय बन्दै गएका छन् । जसले गर्दा बजारमा कारोबार रकम पनि न्यून हुँदै गएको छ । बिहीबार बजारमा १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ ।





