बेलायतकी गृहमन्त्री ब्रेभरम्यानद्वारा राजीनामा



लन्डन । बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ।

राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लङ्घन’ भएको स्वीकार गर्दै अगाडि भनिन्, ‘मैले गल्ती गरेको छु। म जिम्मेवारी स्वीकार गर्छु र राजीनामा गर्छु।’

क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो।

प्रतिक्रिया दिनुहोस्