एमाले अध्यक्ष ओलीले आदिवासी जनजातिसँग भोलि प्रत्यक्ष संवाद गर्ने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार (भोलि)आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले बताए ।

महासंघका सहइन्चार्ज तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा,महासंघका अध्यक्ष गोकुल घर्ती,महासचिव पेम्बासहितले ओलीलाई भेटेर कात्तिक ४ गते जनजातिसँग संवाद कार्यक्रमको निम्ता दिएका थिए ।

ओलीले कात्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्