एमालेको जीतलाई कसैले रोक्न सक्दैन : विष्णु पौडेल



रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको उल्लेख गर्दै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्