बझाङमा जिप दुर्घटना, ६ जनाको मृत्यु



कैलाली । बझाङमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको जिप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले भने, ‘६ जनाको शव छ । अन्य घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्