
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १२.८१ अंक (०.६९ प्रतिशत)ले गिरावट भएर १८४५.५१ अंकमा बन्द भएको छ ।
बुधबार ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स पनि २.६६ अंकले गिरावट भएर ३६२.९६ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।





