काठमाडौं ४ (२) मा कसले मार्ला बाजी ?



काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा निर्वतमान प्रदेश सांसद कुसुम कुमार कार्की र नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् अधिवक्ता जयराम थापाबिचको चुनावी भिडन्त रोचक बन्दै गएको देखिन्छ ।

२०४९ मा महांकाल गाउँ विकास समितिका उपाध्यक्ष हुँदै २०५४ सालमा समितिका अध्यक्ष भएका कार्की २०७४ को प्रदेश सभा निर्वाचनमा समेत नेकपा एमालेका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीति थालेका थापा नेकपा एमालेको नयाँ जिल्ला कमिटी सदस्य हुन् भने शिक्षा क्षेत्रमा योगदान पुर्याएका तुलनात्मक रुपमा बौद्धिक व्यक्ति हुन् ।

कार्की एमालेबाट निर्वाचित भएपछि एमालेको पक्षमा नलागेका नेताका रुपमा स्थानीय स्तरमा परिचित छन् भने थापा पहिलो पटक पार्टी निर्वाचनमा होमिएका व्यक्ति हुन् ।

एमालेबाट विभाजित समाजवादी पार्टीको केन्द्रिय सदस्य बनेका कार्की गगन थापा जस्ता विवादित नेताको साझा उम्मेद्वार बनेका छन् भने विकासवादी छवी बनाएका डा. राजन भट्टराईको उम्मेद्वारको रुपमा थापा काठमाडौं क्षेत्र नं. ४ (२) मा बढी सक्षम देखिन्छन् ।

गत स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका थापा दरिलो देखिएपनि चुनावी अनुभवको अभाव, पार्टी कार्यकर्ता, जनताबिच सिमित सम्बन्ध र बढी मतदाता संख्या रहेको बूढानीलकण्ठ १०,११, १२ र १३ मा जनसम्बन्ध कमजोर देखिएकोले आउँदो निर्वाचन परिणाम आँकलन गर्न कठिन देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्