जनताको घरदैलोमा एमाले नेता किरण पौडेल



काठमाडौं । नेकपा एमाले नेता एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार किरण पौडेल अहिले जनताको घर दैलोमा छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार बनेका पौडेल जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या र गुनासो सुन्दैछन् ।

स्थानीको घरघरमा पुगेका पौडेललाई काठमाडौंवासीले मनैदेखि स्वागत गरेका छन् । उनीसँगै मतदाताहरूले आत्मीयता समेत साटिरहेका छन् ।

एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित पौडेल भिजन भएको नेताको रुपमा चिनिन्छन् । विकासमा स्पष्ट धारण भएका पैडेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघको अध्यक्ष पनि हुन् ।

शिक्षा, स्वास्थ्य, उद्योग, कलकारखाना, रोजगार ग्यारेन्टी सहितको शिक्षा उनको मुख्य एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्