नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ ले शुरु गर्‍यो जनता साक्षात्कार अभियान



काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. राजन भट्टराई र प्रदेश सभाका उम्मेद्वार जयराम थापाले बूढानीलकण्ठ भगवानको आशिर्वाद लिदै जनता साक्षात्कार अभियान शुरु गरेका छन् ।

उम्मेद्वारहरुले बूढानीलकण्ठको दर्शन गर्दै बटुक र पण्डितबाट टिका ग्रहण गरेर बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का जनताहरुसँग प्रत्यक्ष साक्षात्कार गर्दै अभियान शुरु गरेका हुन् ।

साक्षात्कार अभियानमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ (२) का सह–संयोजक शिला लामा, सचिव गोविन्द कट्वाल, नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल लगायत पार्टी कमिटीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्