केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित सातजनाको मृत्यु



नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित सातजनाको मृत्यु भएको छ । घटना केदारनाथबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा भएको हो ।

गुप्तकाशीबाट उडेको हेलिकप्टर केदारनाथ जाँदै थियो । आर्यन एभिएसनको हेलिकप्टर गुप्तकाशी फाटा हेलिप्याडबाट केदारनाथतर्फ उडेको इन्डिया टुडेले जनाएको छ । हेलिकप्टरले ३३ किलोमिटरको दूरी तय गरेको थियो ।

रिपोर्टका अनुसार गरुड चट्टीमाथि हेलिकप्टरमा आगो लागेको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन । उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र छिट्टै अनुसन्धान सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्