बबई नदीमा दुई शव फेला



काठमाडौं । बर्दियाको बबई नदीमा बगेर आएको दुईजना पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तार जालीमा अड्किएको अवस्थामा फेलामा सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।

यस्तै कर्णाली नदी स्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्