
काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि बैंकिङ उपसूचकमा वृद्धि भएपनि बजार परिसूचक नेप्से भने घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.६१ अंक (०.१४ प्रतिशत)ले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ ।
आइतबार ९.६९ अंकले नेप्सेमा गिरावट भएपनि बैंकिङ उपसूचक भने बढेको थियो । दोस्रो कारोबार दिन पनि नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ । बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।





