गठबन्धनलाई जिताएर जनताले सहयोग गर्नुपर्छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनलाई जिताएर जनताले सहयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले निर्वाचनपश्चात् नयाँ संविधानलाई कार्यान्वयन गर्ने मिसन बाँकी रहेको भन्दै गठबन्धनलाई जिताएर जनताले सहयोग गर्नुपर्ने बताएका हुन् ।

“कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा म उपप्रधानमन्त्री थिएँ । कांग्रेस पार्टीले १ नम्बर क्षेत्रबाट चुनेर पठाएको उपप्रधानमन्त्री बनाएको हो नि, प्रकाशमान बनेको होइन । पार्टीले काठमाडौं क्षेत्र नम्बर १ लाई सम्मान गरेको हो नि,” उनले भने ।

उनले संघीयतामाथि प्रश्न उठेको भन्दै संघले अधिकार दिन नखोज्दा र आवश्यक कानुन बनाउन नसक्दा प्रश्न उठ्ने ठाउँ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्