
सर्लाही । सर्लाहीमा बस दुर्घटनामा परेको छ । ईश्वरपुर नगरपालिका–१२ मा ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ ।
अन्य घाइतेहरुको गढीमाई अस्पतालमा उपचार भइरहेको छ ।





