९ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । कात्तिकमा निक्षेपको ब्याजदर थप वृद्धि नगर्ने बैंकर्स संघको सहमतिले पनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएन । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ९.६९ अंक (०.५२ प्रतिशत) ले गिरावट भएर १८६०.९४ अंकमा बन्द भएको छ ।

नेप्से सँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.४७ अंकले घटेर ३६५.४२ अंकमा बन्द भएको छ । आइतबार बैंकिङ र उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकहरु प्रथम त्रैमासिक क्लोजिङमा लाग्दा सकारात्मक वित्तीय विवरणको अपेक्षामा एभरेष्ट, स्ट्यान्नर्ड चाटर्ड, नेपाल एसविआई लगायत बैंकमा लगानीकर्ताको आकषर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्