गठबन्धनले लोकतन्त्रको रक्षा गरेर मुलुकलाई दुर्घटना हुनबाट जोगायो : माधवकुमार नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट हुन जोगाएको उनले बताएका छन ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए ।

उनले गठबन्धनका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन् भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गरे ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्