गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक : देउवा



काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताए ।

देउवाले आइतबार काठमाडौंमा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने धारणा राखे । उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।

“अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ । त्यो संविधानमा सबै नेपालीहरु अटाउने ठाउँ छ । साथसाथै कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ,” उनले भने, “त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्