प्रधानमन्त्री देउवाद्वारा जोशीप्रति श्रद्धाञ्जली अर्पण



ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पुरातत्त्वविद् जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्