काठमाडौं क्षेत्र नं ४ मा तोकिए नेकपा एमालेका चुनावी कमाण्डरहरु (फोटो फिचर)



काठमाडौं । नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ समन्वय कमिटीद्वारा आरबी होम पार्टी प्यालेसमा आयोजित कार्यक्रमले काठमाडौं क्षेत्र नं. ४ को लागि चुनावी कमाण्डरहरु तोकेको छ ।

भेलाले काठमाडौं क्षेत्र नं ४ को निर्वाचन परिचालन कमिटीको संयोजकमा नेकपा एमाले पोलिटब्युरो सदस्य रमेश बडाल, सह–संयोजकहरु निर्मल कुईकेल, केदारराज पुडासैनी, उद्धव खरेल र सचिवमा टिका पराजुलीलाई जिम्मेवारी दिएको छ ।

नेता बडालको संयोजकत्वमा गठित नेकपा एमाले क्षेत्र नं. ४ को निर्वाचन परिचालन कमिटी २५५५ सदस्यीय रहेको छ । 

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक बिदुर विक्रम खड्काको अध्यक्षता र सह–संयोजक रमा राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुसासन आयोगका अध्यक्ष केशव बडाल, पोलिट ब्यूरो सदस्य धर्मदत्त देवकोटा, संघीय उम्मेदवार डा. राजन भट्टराई, प्रदेस सभा सदस्यका उम्मेदवारहरु तेज प्रसाद ढकाल, जयराम थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्