चिठ्ठी पठाएरै निर्माण रोकेको काम समेत आफूले बनाएको भनेपछि डा. राजन आक्रोशित (भिडियोसहित)



काठमाडौं । गगन थापाको राम्रो वाककला भएका नेता हुन्। उनको भाषण सुन्न लायक नै हुन्छ। आफ्नो वाककलाको फाईदा उठाउँदै उनै गगन थापा आफूले रोकेको काम समेत आफ्नै पहलमा भएको भन्दै प्रचार गरिरहेका छन्।

आफू निर्वाचित काठमाडौं-४ मा विकासको लागि सिन्को नभाँचेका गगन थापाले पटक-पटक फोन गरेर तत्कालिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई दबाब दिएको तत्कालिन सचिवालयका सदस्य मोहन बास्तोलाले बताएका छन्। बास्तोलाले परिवर्तन खबरसँग कुरा गर्दै भने,” तत्कालिन माननीय गगन थापाले निर्माण रोक्न पटक-पटक मेयरसापलाई फोन गर्नुहुन्थ्यो। फोनमा रेस्पोन्स नगरेपछि महानगरपालिकाको कार्यालय मै आएर रोक्न दबाब दिनुभयो। नगरप्रमुख शाक्यले किन रोक्नुपर्ने हो, कारण सहित पत्र पठाउनु भएमा मलाई सहज हुनेथियो भनेपछि गगन थापाले पत्र नै पठाएर दबाब दिएका थिए। गगन थापाको पत्रपछि डा. राजन भट्टराई र नगरप्रमुख शाक्यको सल्लाह अनुसार नै कमलपोखरीको निर्माण कार्य सम्पन्न भएको हो। कमलपोखरी बनाउने सन्दर्भमा गगन थापाको कुनै भूमिका छैन तर उनले निर्माण कार्य रोक्न चाहिँ निकै पहल गरे। “

देशकै राजधानी र महानगर जस्तो स्थानमा नगरेको कामलाई आफूले गरेको भनेर प्रचार गर्न थालेपछि डा. राजन भट्टराई र उनका समर्थकहरु आक्रोशित बनेका छन्। गगन थापाको कुनै योगदान नै नभएको स्थानमा पनि आफूले बनाएको भनेपछि यस्ता दर्जनौँ परियोजना आफूले बनाएको भनेर दावी गरेको सूचनाहरु हामीलाई प्राप्त भएको छ। यस्ता झुट दावीहरुको बारेमा हामी क्रमिक रुपमा सत्यतथ्य उजागर गर्दै जाने छौँ।

कमलपोखरी निर्माण कार्य रोक्न गगन थापाले पठाएको पत्र

प्रतिक्रिया दिनुहोस्