अमेरिकामा गोली हानेर दुई प्रहरी अधिकारीको हत्या



एजेन्सी । अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ।

द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको थियो। गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ।

गोली कसले, किन चलाएको हो भन्नेबारे खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्