
काठमाडौं । सेयर बजारमा बिहीबार सामान्य सुधार भएको छ । यस दिन नेप्से सूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेको छ ।
बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ । पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको छ ।
आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक हरियो बनेका छन् । २२२ कम्पनीको २६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।





