गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग बिदाइ भेट गरेकी छन् ।

बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले गृहमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन् । भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।

गृहमन्त्री खाँणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाँणले भने , ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्