गगन थापालाई गिज्याईरहेको निर्माणाधीन शुवर्ण शमशेर स्मृति खेल मैदान



काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता शुवर्ण शमशेरको नाममा बन्ने भनेको शुवर्ण शमशेर अन्तर्राष्ट्रिय क्रिकेट मैदान बूढानीलकण्ठ–१३ गाम्चामा पर्छ ।  ९५ रोपनी क्षेत्रफलमा बनाईने भनिएको क्रिकेट मैदानको उद्घाटन नेपाली काँग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री सुशील कोईरालाले ७ वर्ष अघि गरेका थिए ।

आफ्नै पार्टीका संस्थापक नेताको स्मृतिमा बन्ने खेलमैदान, जुन आफ्नै पार्टीका सभापतिले उद्घाटन गरे, जसको हर्ताकर्ता समेत काँग्रेसका स्थानीय नेताह? छन् ।  सामान्यतया जुनसुकै कामको जिम्मेवारी लिएपनि समयमै पुरा गर्नुपर्नेमा अझ आफ्नो पार्टीको आस्थाको प्रतिक मानिने खेलमैदान बनाउन काँग्रेसमा निकै सम्भावना भएका नेताको रुपमा समेत व्याख्या गरिएका गगन थापा किन लागेनन् ?

जुनबेला कोईरालाले खेलमैदानको उद्घाटन गरे, त्यो बेला गगन थापा सांसदको दोश्रो कार्यकालको मध्यतिर थिए । आफ्नै पार्टीका संस्थापक नेताको स्मृतिमा बन्न लागेको खेल मैदानको समयमै सम्पन्न गर्नु काँग्रेसका जनप्रतिनिधि र सांसदहरुको मुख्य दायित्व हुनुपथ्र्याे । त्यसो भएन्, त्यसो नहुनुमा गगन थापाको काम गर्ने ईच्छा शक्ति नै स्खलित भएको देखिन्छ ।

आफ्नो निर्वाचन क्षेत्रको अझ आफ्नै पार्टी सभापतिले उद्घाटन गरेपछि गगन थापा संघीय सांसद बने, संघीय मन्त्री बने, पार्टीको महामन्त्री बने तर खेल मैदान बनोस् भन्ने ईच्छा शक्ति नै राखेनन् । उमेरको हिसाबले युवा देखिएका गगन थापा व्यवहारमा भने युवा विरोधी देखिए । किनभने खेलकुद सबैको लागि भएपनि त्यसबाट बढी लाभान्वित हुने भनेको युवाहरु नै थिए ।

विकासवादी नेताको परिचय बनाएका डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार हुँदा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास योजनामा करिब ८ अर्व बजेट विनियोजन गराएर अघिकांश संरचना निर्माण गरिसक्दा पनि झण्डै १५ करोडको लागतमा निर्माण सम्पन्न हुने खेलमैदानको लागि गगन थापाले बजेटको सुनिश्चितता समेत किन गर्न सकेनन् ?

१५ वर्ष जुन क्षेत्रबाट प्रतिनिधित्व गर्दै देशको निर्णायक तहमा पुगेका गगन थापाले डा. राजन भट्टराईको पहलमा पारेका निर्माण योजनामा आफ्नो योगदान रहेको बताउँदै आईरहेका छन् । तर आफ्नै नेताको स्मृतिमा बन्ने जाबो क्रिकेट मैदान बनाउन सक्दैनन् भने अन्य विकासका लागि कसरी उनले स्रोत जुटाउन पहल गर्लान् र ?

वाककलामा चतुर गगन थापा गफाडी हुन्, त्यसको ज्वलन्त उदाहरण भनेको शुवर्ण शमशेर स्मृति खेलमैदान हो । काँग्रेसको विगतप्रति उनको आस्था छैन । आफ्ना संस्थापक नेताप्रति कुनै श्रद्धा छैन । काँग्रेस नेताको स्मृतिमा बन्ने क्रिकेट मैदानले बूढानीलकण्ठवासी नागरिकलाई फाईदा पुग्छ । आम खेलप्रेमीह?लाई फाईदा पुग्छ त्यसैले अब शुवर्ण शमशेर क्रिकेट मैदान निर्माणको जिम्मा एमालेका प्रदेश सभा उम्मेद्वार बनेका जयराम थापा र संघीय उम्मेद्वार डा. राजन भट्टराईले निर्माणको प्रतिवद्धता गर्नुपर्छ ।

बदलिँदो समाजमा कम्युनिष्ट नेताह? काँग्रेस नेताको स्मृति बचाउँदै निर्माणाधिन खेलमैदान पुरा गर्ने  जिम्मा लिने हिम्मत गर्न सक्छन् ? परिवर्तनको लागि यो ज्वलन्त प्रश्न हो । जय नेपाल !

प्रतिक्रिया दिनुहोस्