एकीकृत समाजवादीका २२ जना लिए उम्मेदवारी फिर्ता



काठमाडौं । नेकपा(एकीकृत समाजवादी) बाट सत्तारुढ गठबन्धनले गरेको निर्णय नमानेर मनोनयन दर्ता गराएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ४ जना र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका १४ जनाले आफ्नो मनोनयन फिर्ता लिएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जानकारी दिए ।

सत्तारुढ गठबन्धनले मंगलबार विज्ञप्ति जारी गर्दै बागीहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्