राजन भट्टराई जिताऔं अभियानमा केपी ओली आउँदै



काठमाडौं । नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीद्वारा आयोजित निर्वाचन परिचालन घोषणा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

अध्यक्ष ओली प्रधानमन्त्री रहँदा परराष्ट्र मामिला सल्लाहकारको भूमिका कुशलतापूर्वक निर्वाचह गरेका डा. राजन भट्टराईलाई जिताउने अभियानमा उनी सरिक हुने भएपछि एमाले कार्यकर्तामा उत्साह छाएको छ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ ले आयोजना गरेको कार्यक्रममा पार्टीका सदस्य, समर्थक, शुभेच्छुकहरुलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्