नैनसिंह महरको टिकट गगन थापाले खोसेपछि…



काठमाडौं । ठूलै तामझाम र हो–हल्ला गर्दै सर्लाही ४ बाट उम्मेद्वारी दिने भनी सामाजिक संजाल तताएका नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अन्तत काठमाडौं क्षेत्र नं. ४ बाटै उम्मेद्वारी दर्ता गराएका छन् । उनले अन्तिम समयमा आफूमाथि ‘षड्यन्त्र’ गरिएको भन्दै केन्द्रिय सदस्य नैनसिंह महरले पाईसकेको टिकट फिर्ता गर्न लगाई आफूले उम्मेद्वारी दर्ता गराएका छन् ।

थापाले काठमाडौं ४ स्वर्णिम वाग्लेलाई जिम्मा लगाई सर्लाही जान लागेको पार्टी नेतृत्वलाई जानकारी गराएका थिए । कतिसम्म भने थापासहितका नेता आइतबार सर्लाही जाने र त्यहाँ एक कार्यक्रमका बिच उम्मेद्वारी दर्ता गराउने तयारी समेत गरिएको थियो ।

आफूलाई विज्ञको रुपमा प्रस्तुत गर्ने तर थोरैपनि राजनीतिक अनुभव नभएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको निर्वाचन लड्ने इच्छा देखाएसँगै उनीप्रति पार्टी नेतादेखि कार्यकर्तासम्म असन्तुष्ट रहेका थिए । वाग्लेले पार्टी नेता एवम् कार्यकर्ताहरुलाई गर्ने असभ्य ब्यवहार र गतिविधिका कारण कांग्रेसको नेतृत्व पंक्तिनै उनीसँग रुष्ट रहेको थियो । उनले निर्वाचन लड्नकै लागि यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिईसकेका थिए ।

संसदीय बोर्डको बैठकमा सभापति देउवा पक्षले स्वर्णिम वाग्लेलाई कुनै पनि क्षेत्रमा टिकट नदिने अडान राखेपछि थापाले ‘आफ्नो क्षेत्र छाडेर भए पनि वाग्लेलाई टिकट दिलाउने’ अडान लिएका थिए । उनले बैठकबाटै वाग्लेलाई टेलिफोन गरी ‘तपाईंलाई चितवन र काठमाडौं ५ मा टिकट दिलाउन सकिएन, मैले मेरै क्षेत्र तपाईलाई छाडेर सर्लाही जादैछु’ भनेका थिए ।

महामन्त्री थापाको प्रस्तावलाई डा. वाग्लेले समर्थन जनाएसँगै उनीनिकट नेताहरुबाटै सामाजिक संजालमा थापाले सर्लाही ४ बाट उम्मेद्वारी दिने कुरा थप बलियो भएको थियो । तर छलफलकै बिच सभापति देउवाले गगन थापालाई सर्लाही पठाउने र काठमाडौं ४ मा नेविसंघका पूर्वसभापति नैनसिँह महरलाई टिकट दिन प्रवक्ता डा. प्रकाशशरण महतलाई निर्देशन दिईसकेका थिए ।

प्रवक्ता डा. महतले नेविसंघका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय सदस्य महरलाई काठमाडौं ४ को टिकट थमाइदिईसकेको अवस्थामा गगन थापाले पार्टी नेतृत्वप्रति असन्तुष्टि पाख्दै वाग्लेको सट्टा कुनैपनि हालतमा महरलाई टिकट दिन नहुने अड्डी लिएका थिए । अन्तमा, उनले आफू सर्लाही जाने निर्णयमा पुगि नसकेको बताउँदै महरलाई टिकट फिर्ता गर्न लगाई काठमाडौं ४ मा उम्मेद्वारी दर्ता गरेका छन् ।

अन्नत, आगामी मंसिर ४ मा काठमाडौं क्षेत्र नं. ४ लाई असुरक्षित ठानी मधेश झर्ने निधो गरेका गगन थापा र नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईको भिडन्त पक्का भएको छ । डा. राजन भट्टराईको बढ्दो लोकप्रियता र बूढानीलकण्ठ काँग्रेसमा बढ्दो राजनीतिक किचलोका बाबजुत उम्मेद्वारी दर्ता गराएका थापालाई आगामी मंसिर ४ गने भारी पर्ने नेपाली काँग्रेसका एक स्थानीय नेताले बताए ।

गगन थापाले काठमाडौं ४ मा लगभग १५ वर्ष नेतृत्व गरिसकेका छन् । १५ वर्षे उपलब्धि मापन गर्दा उनी हरहमेसा विवादमा मात्र रहे । स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न नियुक्ति प्रकरणमा उनको नाम आर्थिक लेनदेनमा जोडिएको पाइन्छ । युवा उद्यमशीलताको हवाला दिदै राज्यबाट करोडौँको अनुदानमा संचालन गरेको मासु पसल र बाख्रा फार्मको अनुदान पचाएसगैँ गायब भएका थापा एक्कासी निर्वाचन मिति घोषणा भएसँगै काठमाडौं क्षेत्र नं. ४ मा नै निर्णायक मत रहेको कपनमा झुल्किएका थिए । उनले मंसिर ४ को निर्वाचनलाई लक्षित गरी कपन क्षेत्रको दीर्घकालिन डुबान समस्या समाधानका लागि ‘धोबीखोला करिडोर तथा बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ सार्वजनिक गरी फेरीपनि यस क्षेत्रका जनतालाई झुक्याउने कोशिष गरिरहेका छन् ।

कपन डुबान समस्या समाधानको लागि डा. राजन भट्टराईले यसअघि नेकपा एमालेको सरकार रहँदा आफ्नो पहलमा पारिएको १६ करोड भन्दा बढी लागतमा निर्माणधिन बक्स कल्भर्टको आयोजनालाई प्रभावित पार्नेगरी बजेट काटिएकोमा खुल्ला रुपमै असन्तुष्टि व्यक्त गरेका थिए । उनले ‘आफ्नो सरकार र प्रधानमन्त्री  हुँदापनि परेको बजेट काटिदा समेत चुईक्क नबोल्ने यस्ता नालायकहरु भोलि प्रधानमन्त्री हुँदा कसरी बन्छ देश’ भनी प्रश्न गरेका थिए ।

मेलम्ची खानेपानीको पाईपलाईन विस्तार, कपन डुवान नियन्त्रणका लागि निर्माणाधीन बक्स कल्भर्ट, कपन क्याम्पस, दर्जनौं पार्क निर्माणमा क्रियाशील भई  जनताको दुःख सुखमा आफूलाई सहभागी गराउँदै आएका डा. भट्टराई विकासको सारथी बनेसँगै महामन्त्री गगन थापाको उम्मेद्वारीले मर्माहित भएका नैनसिंह महरले भने, ‘टिकट पाएर उम्मेद्वारी दर्ता गर्ने अवस्थामा टिकट खोसियो, टिकट नपाएको भए पाइएन भन्ने हुन्थ्यो, पार्टीले दिएको टिकट खोसिदा दुःखीत तुल्याएको छ ।’

यसअघि गगन थापाको नाम कास्की, चितवन, कञ्चनपुर लगायतका क्षेत्रबाट पनि सिफारिस गरिएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौं-४ मा ‘काम गर्ने कालु मकै खाने भालु’ उखान चरितार्थ !

कपन डुबानमा गगन थापा आफैं बोक्सी, आफैं झाँक्री ! (भिडियोसहित)

काठमाडौं-४ मा काम गर्ने डा. राजन भट्टराई र स्खलित गगन थापाबीचको चुनावी प्रतिष्पर्धा

वर्तमान संसदीय व्यवस्थामा गगन थापा प्रधानमन्त्री होइन् मन्त्री समेत बन्न सक्दैनन्

प्रतिक्रिया दिनुहोस्